अन्तत् अपहरण तथा शरीर बन्धक मुद्दामा पूर्वसांसद गुप्तासहित ५ जनालाई १० वर्ष कैद

काठमाडौं, १३ भाद्र – उच्च अदालत पाटनले अपहरण तथा शरीर बन्धक बनाएको कसुरमा पूर्वसांसद श्यामसुन्दर गुप्ता लगायत ५ जना विरुद्ध १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ । न्यायाधीश गुणराज ढुंगेल र टेकप्रसाद ढुंगानाको इजलासले गुप्ताका साथै आकाश लामा, जीतबहादुर गोले भनिने विकास लामा, अमिर आचार्य र किशोर पाण्डेलाई दोषी ठहर गरेको हो ।

यही मुद्दामा जिल्ला अदालत काठमाडौंले उनीहरुलो अपहरण तथा शरीर बन्धक बनाउने प्रयास गरेको मात्रै ठहर गरेको थियो। त्यही कसुरमा उनीहरुलाई साढे ३ वर्षका दरले कैद सजाय हुने फैसलालाई उच्च अदालतले उल्ट्याएको हो।

गुप्ता २०६८ माघमाव्यापारी पवनकुमार संघाईको अपहरणको मुख्य योजनाकार र फिरौतीबापत ८५ लाख रुपैयाँ लिने अभियुक्त हुन्। सात वर्ष जेल सजाय तोकिएका गुप्ता ३ वर्ष ६ महिनामा नै जेलमुक्त भए। उनको बाँकी ३ वर्ष ६ महिना कैद सजाय मिनाह भएको हो। पूर्वसांसद गुप्ता तत्कालीन सद्भावना पार्टीका नेता थिए। – कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार