https://www.saurabhgroup.com/

पशुपति जंगलमा एक जोडीले लगाए पासाे

 

काठमाडौं, १८ भदाै – गौशालास्थित पशुपति नजिकैको जंगलमा एक जोडीले पासाे लगाएर साेमवार आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा खोटाङ दिक्तेल नगरपालिका–१० घर भई काठमाडौंको बाँसबारी बस्ने ४० वर्षीय जय गिरी र याङ्खा गाउँपालिका–५ घर भएकी उमिता दमाई रहेका छन् ।

उनीहरूले एउटै पासोमा झुण्डिए आत्महत्या गरेका हुन् । उमिता केही दिनअघि मात्र काठमाडौं आएको बुझिएकाे छ । महानगरीय प्रहरी वृत गौशालाका डिएसपी प्रदीपकुमार सिंहले झुण्डिएको अवस्थामा दुइ जनाको शव फेला परेको र घटनाको अनुसन्धान भैरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार