सडक दुर्घटनामा परि गाएक पूनको निधन

अर्घाखाँची –  अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं ९ पात्ले निवासी लोक गाएक एल. बि. पुनको सडक दुर्घटनामा परि बिहिबार साँझ मृत्यु भएको छ ।

पूनले चलाई रहेको मोटरसाइकललाई नेपाली सेनाको बा १ ग ३४५६ नम्बरको ट्रकले बा ८६ प ७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिए पछि गम्भीर घाइते भए पछि ट्रमा सेन्टरमा उपचारको क्रम्मा मृत्यु भएको प्रहरीले जनाएको छ । नेपाली लोक, कला संस्कृतिका एक अभियन्ता पुन ले काठमाडौमा बसेर लोक, दोहोरी, नृत्य र अभिनयमा सक्रिय रूपमा लागेका थिए ।

उहाँको निधनले सिंगो जिल्लानै सोक मन्न भएको छ । दाजुभाइको आँखाको नानी नै चुडेर लग्यो भाबुक हुदै मालारानी ९ का अध्यक्ष फन बहादुर पुनले भने । ‘हाम्रो त आखाँको नानिनै चुडेर लगे जस्तो भयो, मृत्यू भयो भनेर पत्ताउनै गाह्रो भईरहेको छ, यतिबेला हामि गोखुङ्गा बासी शोक मन्न भएका छौ । ’

२७ बर्षिय एल. बि. पुनको दुखद निधनले अर्घाखाँची जिल्लाले एक कुशल, प्रतिभावान कलाकार गुमाएको अर्घाखाँची काठमाडौ कलाकार समाजका अध्यक्ष मधुसूदन बन्जाडेले बताउनु भयाे।घटनाको जानाकारी पाउँन बित्तिकै विभिन्न कलाकार जिल्लाबासिहरुको ट्रमा सेन्टरमा भिड लागेको थियो ।मृतकको पोस्टमार्टमको निम्ति शिक्षण अस्पताल महाराजगन्जमा राखिएको तिलक पुनले जानकारी दिनु भएको छ ।

घटनामा संलग्न ट्रक चालकलाई कानुनी कार्बाही र उचित क्षतिपूर्तिको ब्यबस्था नभएसम्म पोस्टमार्टम पछि पनि शब नबुझ्ने पारिबारीक श्रोतले बताएको छ । दिबगंत पूनका बुबाको पहिले नै मृत्यु भै सकेको घरमा आमा मात्र रहेको र अन्य २ दाजुभाईहरु काठमाडौमा नै विभिन्न पेशा ब्यबसाय गर्ने भएकोले उहाँको आजै काठमाडौ पशुपति आर्यघाटमा अन्तिम दाहसंस्का गरिने बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार