दक्षिण एसियामै पहिलो अन्तरदेशीय पाइपलाइनको उदघाटन संगै पेट्रोलियम पदार्थमा २ रुपैयाँ घट्यो

काठमाडौं, २५ भदै- बहुप्रतिक्षित मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना मंगलबारबाट औपचारिक रूपमा सुरु भएको छ । नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको यो परियोजनाको मंगलबार दुवै देशका प्रधानमन्त्रीले हाइटेक प्रविधिमार्फत उद्घाटन गरेका हुन् । भारतका प्रधानमन्त्रीले दिल्लीबाट र नेपालका प्रधामन्त्रीले सिंहदरबार काठमाडौं बाट एकैसाथ स्विच थिचेर परियोजनाको उद्घाटन गरेका हुन् ।

उद्घाटनपश्चात् पाइपलाइनमार्फत आएको डिजेल भारतीय आयल कर्पोरेसन (आईओसी)का कार्यकारी निर्देशक जेपी सिन्हाले भाँडोमा थापेर नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई हस्तान्तरण गरे ।

पाइपलाइन उद्घाटन कार्यक्रमलाई सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यो परियोजना नेपाल र भारत मात्र नभई दक्षिण एसियाकै पहिलो र नमुना भएको बताए । यो परियोजनाले समय बचत मात्र नभई पेट्रोलियम पदार्थ आपूर्तिमा लाग्ने व्ययभार कम हुनका साथै ट्राफिक व्यवस्थापनसमेत सहज हुने बताए ।

त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्ला केही वर्षयता नेपाल–भारत राजनीतिक सम्बन्धमा अभूतपूर्व निकटता आएको बताएका छन् । दुई देशको संयुक्त प्रयासको उद्देश्य नै दुवै देशका नागरिकको हितका लागि हुने भन्दै उनले यो साझेदारीलाई अझै सक्रि बनाउन नयाँ परियोजना अघि सारिएको बताए ।

प्रधानमन्त्री ओली र मोदीले गरे उद्घाटन
ढुवानी सहज भएसँगै पेट्रोलियम पदार्थको मूल्य घट्यो

त्यस्तै, उद्घाटनपश्चात अमलेखगन्ज डिपोमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय आयल कर्पोरेसन (आईओसी)का कार्यकारी निर्देशक जेपी सिन्हाले पाइपलाइन बिछ्याउन सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको पर्सा राष्ट्रिय निकुञ्जको नौ किलोमिटर जंगल क्षेत्रका कारण सुरुमा परियोजना असम्भवजस्तो देखिए पनि नेपाल सरकारको सहयोगका कारण समयअगावै सम्पन्न गर्न आफूहरू सफल भएको बताए ।

भारतको पटनाबाट मोतिहारी हुँदै नेपालको अमलेखगन्जसम्म कुल २५९।७ किलोमिटरमध्ये नवनिर्मित मोतिहारीदेखि अमलेखगन्जसम्मको ६९।७ किलोमिटर पाइपलाइन आजदेखि पूर्ण रूपमा सञ्चालनमा आउने नेपाल आयल निगमले जनाएको छ ।

दैनिक २० घण्टा सञ्चालन क्षमताको पाइपलाइनबाट आवश्यक परेको खण्डमा दैनिक ३० हजार किलोलिटर तेल भितृयाउन सकिने निगमको अमलेगन्ज डिपोका प्रमुख प्रदीप यादवले जानकारी दिए । पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा हाल ढुवानीमा मात्रै खर्च भइरहेको वार्षिक ७० देखि ८० करोड रुपैयाँ बचत हुने निगमको अनुमान रहेको उनले बताए ।

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई–दुई रूपैयाँ घटाउने निर्णय भएको बताए । निगमका अनुसार मूल्य घटेपछि पेट्रोलको मूल्य प्रतिलिटर १०७ रूपैयाँ भएको छ । यसैगरी, डिजेल र मट्टीतेलको मूल्य ९५ रूपैयाँ प्रतिलिटर भएको छ । घटाइएको मूल्य मंगलबार दिउँसो १२ बजेदेखि नै लागू भएको निगमले जनाएको छ ।

भारतको मोतिहारी–अमलेखगन्ज पाइपलाइन नेपालतर्फ ३६ किमि र बाँकी २७ दशमलव २ किमि भारततर्फ गरी कुल ६९ दशमलव २ किलोमिटर छ । पेट्रोलियम पाइपलाइनबाट इन्धन आपूर्ति भएसँगै अब नेपालमा तेल ढुवानी सहज हुने भएको छ ।

पहिलो चरणमा पाइपलाइनमार्फत डिजेल आपूर्ति गरिएको छ । पर्याप्त पूर्वाधार र भण्डारण व्यवस्थापन पछि भने मट्टीतेल र पेट्रोलसमेत आपूर्ति गरिने नेपाल आयल निगमले जनाएको छ । अमलेखगन्जस्थित डिपोमा १६ हजार किलोलिटर इन्धन भण्डारण गर्न सकिन्छ ।

वार्षिक १ अर्ब १७ करोड रुपैयाँ ढुवानी खर्चमा कटौती

पाइपलाइनबाट दैनिक ४ हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने पेट्रोलियम पाइप लाइन परियोजनाले जनाएको छ । सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रिन थालेपछि वार्षिक१ अर्ब १७ करोड रूपैयाँ ढुवानी खर्च जोगिने निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

निगमका अनुसार मोतिहारीबाट अमलेखगन्जसम्मको साढे ६९ किलोमिटरको ढुवानी खर्च जोगिनेछ । निगमका नायब कार्यकारी निर्देशक भट्टराईले हालको मागमा ५० प्रतिशत डिजेल पाइपलाइनमार्फत आपूर्ति हुने बताए ।

बाँकी ५० प्रतिशत डिजेल भने ट्यांकरबाटै आपूर्ति हुने जानकारी गराउँदै उनले दैनिक औसत ६ हजार किलोलिटर डिजेल आपूर्ति हुने गरेकोमा अब ३ हजार किलोलिटर पाइपलाइनबाट आउने बताए । पूर्ण क्षमतामा पाइपलाइन सञ्चालन हुँदा दैनिक ७ हजार किलोलिटरसम्म तेल आउनेछ । ‘

हालको आपूर्तिलाई क्रमिक रूपमाबढाएर डिजेलमा कुल मागको ७२प्रतिशतसम्म पाइपलाइनबाटै आपूिर्त गर्नेलक्ष्य लिएका छौं,’ भट्टराईले भने । उनकाअनुसा अमलेखगन्ज डिपोमा भण्डारणका लागि चार वटा ट्यांकी छन् । ४१ सय किलोलिटर क्षमताका दुई वटा र ३९ सय किलोलिटर क्षमताका दुई वटा ट्यांकी छन् ।

१८ महिनामै काम सकियो

पाइपलाइन परियोजना भने तोकिएको समयभन्दा चाँडो सम्पन्न भएको छ । ३० महिनामा सक्ने योजना रहेको परियोजनाको काम १८ महिनामै सम्पन्न भई मंगलबारबाट डिजेल आपूर्ति हुन थालेको हो । परियोजनाका लागि भारतले २ अर्ब भारतीय रूपैयाँ सहयोग गरेको थियो ।

दुई देशबीच यस्तो थियो समझदारी

निगम र भारतीय आयल कर्पोरेसनबीच अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो । सो परियोजना विविध कारणले एक दशकभन्दा बढी समय रोकिएको थियो । २०१५ अगस्टमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र भारतीय समकक्षी धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेसँगै परियोजना निर्माण सुरु भएको हो ।

निगमको नेतृत्व सम्हालेलगत्तै कार्यकारी निदर्शेक पाैडेलले परियाेजनालाई तोकिएको समयभित्रै सम्पन्न गर्न ताकेता तथा कुनै समस्या देखिए समाधानका लागि सहजीकरण गर्दै आएका थिए । परियोजना निर्माणमा नेपाल र भारत सरकारले निकै चासो व्यक्त गरेका थिए ।

परियोजनाको लागत २ अर्ब ७५ करोड भारतीय रूपैयाँ ९नेपाली रूपैयाँ करिब ४ अर्ब ४० करोड० छ । भारतबाट पाइपलाइनमार्फत डिजेल,पेट्रोल र मट्टीतेल ल्याउने चर्चा सन् १९९५बाटै सुरु भएको हो । यसले सन् २००४ मा आकार लियो । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो ।

नाकाबन्दी खुलेलगत्तै ओली भारत भ्रमणमा गए । सो भ्रमणका क्रममो २४ चैत २०७३ मा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले दिल्लीमा पाइपलाइनको शिलान्यास गरेका थिए । शिलान्यासपछि आईओसीले टेन्डर गरेर आयोजना अघि बढाउन पहल थाल्यो ।

आईओसीले पाइप किन्ने, बिछ्याउने, विद्युतीय तथा मोटर, सिस्टम र कम्युनिकेसन तथा अमलेखगन्ज डिपोको कामका लागि पाँच टेन्डर गरेको थियो । नेपालतर्फ पनि सडक भएको स्थानबाट उच्च ज्वलनशील पदाथर्क पाइप बिछ्याउन गनपर्ने  समन्वय कठिन थियो । सडक, बिजुली, खानेपानी, नेपाल टेलिकम तथा जग्गाको मुआब्जालगायतका विषय आपसी समझदारी र सरकारको सहयोगमा निगमले सक्यो ।

सुरुवाती चरणमा देखिएका समस्या र विवाद कम गर्दै जाँदा सहज बन्दै गयो । अन्ततः आयोजना द्रुत गतिमा अघि बढ्यो । २०७४ सालको पुसमा आईओसीले महोत्तरी डिपोबाट काम थालेको थियो । पेट्रोलियम पाइपलाइन निर्माण र अमलेखगन्ज डिपो स्तरीकरणको सम्पूर्ण खर्च भारतीय आयल निगमले बेहोरेको बताइएको छ ।- राजधानी दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार