विश्वकप छनोटको दोस्रो चरणमा नेपालको ऐतिहासिक जित

काठमाडौं, २५ भदाै – अन्जन विष्टको दुई गोलमा नेपालले चाइनिज ताइपेइलाई उसकै घरेलु मैदानमा २-० ले पराजित गरेको छ । नेपालले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो ।

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले महत्त्वपूर्ण तीन अंक हासिल गरेको छ । विश्वकप छनोटको दोस्रो चरणमा नेपालको यो ऐतिहासिक पहिलो जित पनि हो ।

अन्जनले झन्डै २५ यार्ड टाढाबाट सुजलले प्रहार गरेको फ्रिकिकमा गोल गरेका थिए । घरेलु मैदानमा पछाडी परेको ताइपेइले लगातार आक्रमणमा नेपाली डिफेन्सले राम्रो प्रदर्शन गरे । विश्वकप छनोटको दोस्रो चरणमा समूह बी मा नेपालसँगै अष्ट्रेलियाचाइनिज ताइपेकुवेत र जोर्डन रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार