औद्योगिक शान्ति नेपाल द्वारा साङ्गीतिक अवार्ड प्रदान

काठमाडौँ, २७ भदौ – औद्योगिक शान्ति नेपालले साङ्गीतिक अवार्ड प्रदान गर्न सुरु गरेको छ । विभिन्न जिल्लमा औद्योगिक महोत्सव गर्दै आएको संस्थाले यो वर्षबाट साङ्गीतिक क्षेत्रका विभिन्न विधाहरुमा अवार्ड प्रदान गर्न थालेको हो । औद्योगिक शान्ति अवार्ड २०७६ वितरण कार्यक्रमको पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभयो ।

कार्यक्रममा उहाँले मनोरञ्जन मानिसको आधारभूत आवश्यकता भएकोले यसबाट टाढा रहेर जीवन जीउन मुस्किल हुने बताउनुभयो । “कलाकारको कलाकारितामा ठूलो शक्ति हुन्छ” उहाँले भन्नुभयो, “यो क्षेत्रको विकास र प्रवद्र्धनमा राज्यले उचित ध्यान पु¥याउन पर्छ ।” उहाँले कलाकारहरुले परिवर्तनका लडाइमा पु¥याएको योगदानको चर्चा गर्दै कलाकारको गीत, सङ्गीतले मानिसमा जागरण ल्याउन निकै ठूलो सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा लोक, आधुनिक, फिल्मी, कल्चरल, राष्ट्रिय गीत विधामा मनोनयनमा परेका मध्येबाट उत्कृष्ट गीत तथा कलाकारलाई अवार्ड प्रदान गरियो । वरिष्ठ संङ्गीतकार तथा ड्रम बादक देव रानालाई १५ हजार नगद सहित लाइभ टाइम एचिभमेन्टबाट सम्मान गरिएको छ ।

सुगम संङ्गीत तर्फ सर्वोत्कृष्ट गायक रमेशराज भट्टराई एल्वम (राखी) सर्वोत्कृष्ट गायिका रेणु मोक्तान (दिलै आज), सार्वोत्कृष्ट गीतकार डा डिआर उपाध्याय (स्वार्थी दुनिया), सर्वोत्कृष्ट संङ्गीतकार ज्योति प्रकाश, उत्कृष्ट युगल गायनमा समिर आचार्य र विद्या तिवारी (घाममा सुकाइदेउ), उत्कृष्ट राष्ट्रिय भाव गीतकार अम्विका गुरुङ (मेरो देश नेपाल) प्रख्यात गायक रोज मोक्तान (शिरशिर हावा) प्रख्यात गायिका टिका प्रसाइ (माया लुकी लुकी) उत्कृष्ट पाश्र्व गायन गायक राजन राज शिवाकोटी, गायिका विन्दु परियारलाई प्रदान गरिएको छ ।

यस्तै उत्कृष्ट लोक दोहारी गायक कुलेन्द्र विक, (सालको पात),गायिकामा राधिका हमाल (लाहुरे), उत्कृष्ट शव्दसंकलन शिव हमाल, (लालुमै,)उत्कृष्ट लोक दोहारी भाका बसन्त थापा (सालको पात) लाई प्रदान गरिएको छ ।

उत्कृष्ट कल्चरल गीत पुरुष रुद्रसेन विश्वकर्मा (कानोमे आहाके झुम्का) महिला लक्ष्मी तामाङ (डम्फुको ताक्धुम), उत्कृष्ट नव प्रतिभा गायक इन्द्र दोङ लामा (लुंगी र चोली) उत्कृष्ट नव प्रतिभा गायिका सञ्जु न्यौपाने
(लाहुर) लाई प्रदान गरिएको हो ।

यस्तै जुरी अवार्ड गीतकार शान्ति प्रिय
(याद तिम्रो) जुरी अवार्ड गायक विश्वराम कार्की, (सोलमारी टुच्च) गायिका सुनिला पाठक (सानीलाई) स्टेज पर्फमर अफ द इयर पुरुषतर्फ रमेश श्रेष्ठ मेलोडी, महिला सहिमा श्रेष्ठ, इन्करेजमेन्ट अवार्ड पुरुष दौलत राइ, महिला सुजता केसी, म्यानेजमेन्ट च्वाइस अवार्ड पुरुष रविन्स श्रेष्ठ, महिला प्रसन्ना पाण्डे, त्रिटिक्स अवार्ड विनय कुमार कार्की, दपिकराज पाठक, उत्कृष्ट नव निर्देशक म्युजिक भिडियो पुरुष प्रहित कार्की (प्रेमको तिर्खा) महिला मनिसा सापकोटा (हामी वादल भित्र), उत्कृष्ट नव मोडल पुरुष म्युजिक भिडियो विशाल थापा प्रतिविम्वलाई प्रदान गरियो ।

यस्तै उत्कृष्ट निर्देशक म्युजिक भिडियो सुमन पण्डित (विन्ती छ मलाई), उत्कृष्ट महिला मोडल म्युजिक भिडियो मिनाक्षि महतरा (सुस्तरी), उत्कृष्ट मोडल पुरुष म्युजिक भिडियो नारायण ढकाल (विन्ती छ मलाई) उत्कृष्ट पप गायक मानस राज (जे पर्ला पर्ला), उत्कृष्ट पप सोना आमात्य (म त खुला छु ) उत्कृष्ट पप रचनाकार रमेश दाहाल (मिठो गीत), उत्कृष्ट पप सङ्गीतकार आशिष अबिरल (माया लुकी लुकी) लाई प्रदान गरियो ।

कार्यक्रममा उत्कृष्ट व्यवसायी, समाजसेवी, पत्रकार र अन्य क्षेत्रमा योगदान पु¥याएका विभिन्न व्यक्तिहरुलाई सम्मान गरियो । संस्थाका अध्यक्ष सन्दिप महतले अवार्डले कलाकारिता क्षेत्रमा स्वच्छ प्रतिस्पर्धा ल्याउने भएकाले अब हरेक वर्ष अवार्ड प्रदान गरिने बताउनुभयो । उहाँले कलाकारिता क्षेत्रलाई प्रोत्साहन गर्न अवार्डले महत्वपूर्ण भूमिका खेल्ने भन्दै यसको महत्वलाई झनै उजागर गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार