गुल्मी, ३१ भदौ — गुल्मीमा भिरबाट लडेर २ जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका-१ थाममा ४३ वर्षीय वीरहादुर केसी र मदाने गाउँपालिका- ५ मलागिरीमा नरे सार्कीको भिरबाट खसेर लडी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर घलेले जानकारी दिए ।
सामान किन्न पसल गएका वीरबहादुर घर नर्फकेपछि खोज्ने क्रममा मृत भेटिएको प्रहरीले जनाएको छ । यस्तै, सार्कीको घाँस काट्ने क्रममा खसेर लडी मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुबैजना भिरबाट करिब ३ मिटर तल खसेका थिए ।
दुबैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मी ल्याइएको छ।