काहाँबाट साट्ने दशैंका लागि नयाँ नोटः यस्ता छन् राष्ट्र बैंकले तोकेका स्थान

काठमाडौं, ३ असाेज – राष्ट्र बैंकले दशैंका लागि असोज १० गतेदेखि नयाँ नोट सटही सुरु गरिने भएको छ। बिहीबार राष्ट्र बैंकले एक सूचना जारी गर्दै १० गतेदेखि १७ गतेसम्म नयाँ नोट सटही हुने जानकारी दिएको हो।

उपत्यकाबाहिरको हकमा राष्ट्र बैंकका क्षेत्रीय कार्यालयसहित नोट कोष रहेका वाणिज्य बैंकका शाखाहरु बिराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका राष्ट्र बैंक कार्यालयबाट नयाँ नोट सटही हुनेछ।

त्यस्तै राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटार, नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट सटही सुविधा हुनेछ ।

बैंकले प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट सटही हुने र यसका अतिरिक्त थप नोट लिन चाहनेहरुका लागि पुराना तर सुकिला नोट उपलब्ध गराउने राष्ट्र बैंकले बताएको छ । ५, १०, २०, ५० र १ सयका नयाँ नोट वितरण हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार