शंकरदेव क्याम्पस अल्मुनाई अध्यक्षमा राजिब कुमार थापा निर्विरोध

काठमाण्डौ, ४ असोज — नेपालकै परानो क्याम्पस मध्येको शंकरदेव क्याम्पसले पुर्व विद्यार्थीहरुलाई संगठित गर्ने संस्था अल्मुनाईको पहिलो अधिवेसन सम्पन्न गरेको छ । आज शंकरदेवक्याम्पसमा भएको पुर्व विद्यार्थीहरुको भेलाले अध्यक्षमा राजिब कुुमार थापालाई निर्विरोध  चयन गरेको हो ।


त्यसैगरी सचिवमा श्याम सुन्दर अधिकारी, कोषध्यक्षमा कनहैया भक्त राजभण्डारी, सदस्यहरुमा सुभराम बस्नेत, प्रकास मर्हजन, हरिषचन्द्र भण्डारी, सन्तोष गुरुङ, निस्कल राई, अन्जना अर्याल, रजन के.सी.र शिव पाठक निर्विरोध निर्वाचित भएका छन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न क्षेत्रमा कृयासील पुर्व विद्यार्थीहरुलाई संगठित गरी अनुभव आदानप्रदानको वातावरण सिर्जन गर्ने तथा विभिन्न क्षेत्रमा काम गरिसकेका र गरिरहेका एक्सपर्ट पूर्व विद्यार्थीहरुलाई व्वस्थापन शिक्षाको उन्नयनका लागि एकत्रित गरि शंकरदेव क्याम्पसलाई ब्यावस्थापन विश्वविद्यालयको रुपमा लग्ने कुरा सुभराम बस्नेतले बताए ।

बि सं १९५१ मा नेपाल नेसनल कलेजको नामबाट सुरु भएको क्याम्पस नेपालमा वाणिज्य र व्यवस्थापन शिक्षाको विकास तथा प्रवद्र्धनमा निरन्तर प्रयासरत छ । वि सं १९७३ मा नेसनल कलेज बाट शंकरदेव क्याम्सको नामबाट शैक्षिक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेर  B.B.S., M.B.S., B.B.A., B.I.M, B.B.M. तथा M.B.S. जस्ता शैक्षिक कार्यक्रमहरु भईरहेको र हाल क्याम्पसमा प्रत्येक बर्ष बार्षिक आठ हजार भन्दा धेरै विद्यार्थीहरु भर्ना हुने गरेको क्याम्पस प्रमुख कृष्ण प्रसाद आचार्यले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार