३ मिनेट अघी हानेकाे नेयमारको गोलले जित्यायाे पीएसजीलाइ

काठमाडौं, ६ असाेज – ब्राजिलियन फुटबल स्टार नेयमार नयाँ सिजनको फुटबलमा फर्ममा फर्केका छन् । नेयमारले महत्वपूर्ण गोल गर्दै फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई जिताएका छन् ।

खेल सकिन ३ मिनेट बाँकी छँदा गोल गरेर उनले लियोंलाई पराजित गर्न सफल भएका हुन् । यसअघि गत हप्ता पनि स्टार्सवर्गविरुद्वको खेलमा ईन्जुरी समयमा गोल गर्दै नेयमारले जिताएका थिए ।

ट्रासफर हुन रुचाएर बार्सिलोना जान खोजेपछि नेयमारले सुरुवातका चार खेल गुमाएका थिए । त्यसपछिका दुई खेलमा उनको हिरोगिरी काम लागेको छ ।

फ्रेन्च लिगको शीर्ष स्थानको पीएसजीले ६ खेलबाट १५ अंक जोडेको छ । दोस्रो स्थानको एंगर्सले आइतबार राति सेन्ट इटिन्नेलाई ४–१ गोल अन्तरले पराजित गर्दै १३ अंक बटुलेको छ । रेन्नेस र लिलेले भने १–१ को बराबरी खेलेका छन् । १२ अंकबाट निस तेस्रो स्थानमा रहँदा ११ अंकबाट रेन्नेस चौथो स्थानमा छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार