काठमाडौँ, ६ असाेज — अन्तर्राष्ट्रिय पञ्चमङ्ग निर्णायक समितिले दियाे विभिन्न देशका लागि शुभ साइत। धेरै नेपालीलाई कामकाे सिलसिलामा नेपाल भन्दा बाहिर बस्नु पर्ने भएकाले विभिन्न देशमा बस्दै आउनु भएकाे छ ।
पारिवारिक रुपमा आफ्ना आफन्तकाे बसाइँ देश बाहिर भएकाले दशैकाे टीका ग्रहण गर्नका लागि जान लाग्नु भएका नेपाली हरुका लागि सहि मुहुर्तमा चाडपर्व मनाउन पाउनु पर्छ भन्ने मूल उदेश्यले करिब तीन महिना पहिले डा.माधव भट्टराईको अध्यक्षतामा अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णयक समिति गठन भएकाे थियाे ।
आम नेपालीको विचारलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विदेशका विभिन्न देश र शहरका लागि २०७६ सालकाे घटस्थापना, दुर्गा पुजा देबी विसर्जन र टिकाकाे शुभ साइत निर्धारण गरेकाे छ ।
तीन महिना अगाडी मात्रै गठन भएकाे अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले समय कम भएकाले याे बर्ष तिथि सहितकाे पञ्चाङ्ग तयार पार्ने नसकेकाे समितिले जानकारी गराएकाे छ । याे बर्ष हामीले साइत मात्रै निकालेका छैा आगामी बर्ष समयमै पञ्चाङ्ग निकाल्ने तयारी समेत रहेकाे समितिका अध्यक्ष डा. माधव भट्टराईले जानकारी गराउनु भएकाे छ ।
अब अन्तर्राष्ट्रिय स्तरको पञ्चाङ्ग तयार भएकाे अवस्थामा तिथि र मितिका लागि जुन सुकै देश र शहरमा भएपनि त्यसस्थानकाे सूर्याेदय बाट आफूबसेकाे स्थानिय समयमा चाडपर्व तिथि लगाएतका शुभ कर्म गर्नका लागि सजिलो हुने विश्व ज्याेतिष महासंघ राष्ट्रिय समितिका अध्यक्ष सन्ताेष वशिष्ठले जानकारी गराउनु भएकाे छ ।