हतियार सहित चार जना नियन्त्रणमा

काठमाण्डौ, ८ आश्विन – महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीटोलीले पेस्तोल सहित ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले यही ८ गते ११:३० बजे काठममाण्डौ महानगरपालिका-९ शम्भुमार्ग स्थित एभरेष्ट होलीडे ईन होटलको ४०४ नम्बर रूमबाट बालुवाटार बस्ने उदयपुर कटारीका भिम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका भिम बहादुर माझी, बल्खु बस्ने सिन्धुलिकै  प्रदिप माझी र सितापाईला बस्ने लोकेन्द्र बहादुर आलेलाई पक्राउ गरेको छ ।

निजहरूको साथबाट प्रहरीले पेस्तोल १ थान, म्यागजिन १ थान र सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्ड  बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार