अवैध रुपमा कृषि विकास बैंकबाट ३ करोड बढी रकम निकाल्ने १० जना पक्राउ

काठमाडौं, ८ असाेज  – कृषि विकास बैंकको सीस्टम ह्याक गरी ३ करोडभन्दा धेरै रकम निकालिएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । अवैध रुपमा रकम निकालिएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

एसएसपी सहकुल थापाले दिउँसो २ बजेमहाशाखामा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने जानकारी दिए । उनका अनुसार ती समूहले अन्य बैंकमा पनि रकम निकाल्ने प्रयास गरेका थिए ।

कृषि विकास बैंकबाट १ करोड ५६ लाख चोरी प्रकरणमा संलग्न १० जना पक्राउ परेका छन् ।  बैंकका कर्मचारीसमेत संलग्न कृषि विकास बैंकको सीस्टम ह्याक गरी १ करोड ५६ लाख चोरी गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको हाे।

चोरीमा बैंकका कर्मचारीको पनि संलग्नता रहेको नेपाल राष्ट्र बैंकका प्रबक्ता लक्ष्मी प्रपन्न निरौलाले जानरकारी दिए।  उनीहरुलाई देशका विभिन्न भागबाट गएराति पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, रसुवाका लक्ष्मी तामाङ, निर्मला तामाङ, नीमा तामाङ, सञ्जय घले, सर्लाहीका पुष्पराज खड्का, नुवाकोटका लेवाङ तामाङ र लमजुङका विद्या सागर लगायत छन् । रकम निकाल्न खाेज्ने सबै पक्राउ परिसकेकाले लुटिएको भनिएको रकम सुरक्षित रहेको प्रहरी दाबी छ ।

महाशाखाका एसएसपी सहकुल थापाले आज दिउँसो २ बजे महाशाखामा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने जनाए ।

कृषि विकास बैंकका तीन वटा शाखाबाठ झण्डै  ३ करोड रुपैयाँ चोरी भएको छ । मंगलबार मध्यराति सिरहाको लहान, चितवनको सौराहा र कैलालीको धनगढी शाखाको कम्प्युटर सिस्टम ह्याक गरेर झण्डै ३ करोड रुपैयाँ चोरी भएको थियाे ।

राष्ट्र बैंकमा आकस्मिक बैठक बस्दै

मध्येराति  सिरहाको लहान, चितवनको सौराहा र कैलालीको धनगढी शाखाको कम्प्युटर सिस्टम ह्याक गरेर झण्डै ३ करोड रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी तथा फर्स्योट विभागका प्रमुख बमबहादुर मिश्रले ह्याकरले बैंकको ब्यालेन्स सिट नै प्रयोग गरेर रकम अन्तै सारेको बताए ।

उक्त रकम ग्राहकको खाताको पैसा नभई बैंकको आफ्नै खाताबाट रकम चोरी भएको मिश्रले बताए । घटनाबारे राष्ट्र बैंकमा आकस्मिक बैठक बस्ने तयारी भइरहेको श्रोतले बताएको छ । घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढाउन राष्ट्रबैंकको बैठक बसेको छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार