काठमाडौं, ९ असोज – नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको लागि १४ बैंकर्सहरु प्रतिष्पर्धामा रहेकाेमा ४ जनाकाे मात्र सर्ट लिस्टिङ गरीएकाे छ ।
प्राप्त स्रोतका अनुसार नेपाल बैंक लिमिटेडका सम्पूर्ण कर्मचारी र संघ, संगठनहरुले बैंकमा कार्यकारी प्रमुखको सर्ट लिस्टिङ लाइलिएर बिराेध गरेका छन् ।
उम्मेदवारको शैक्षिक योग्यता अनुभव, पेश भएको व्यवसायिक योजनाको मूल्याङ्कनमा कम्तीमा ६० प्रतिशत अंक प्राप्त गर्ने उम्मेदवारहरुमध्ये ५ जना उम्मेदवार छनौट गरी व्यवसायिक योजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि छनोट गर्नुपर्नेमा ४ जनामात्र छनौट गरेकाे र छनौटमा परेका एक जना बैंकिङ कसुरमा परेकाे लार्इ पनि छनौट भएकाे बुझिन्छ ।
यसवाट बैंकमा प्रष्ट बोल्ने, ईमान्दार, निडर र स्वार्थ रहित कर्मचारीहरु पाखा लगाइ पैसाकाे चलखेलबाट सिईओ बनाउन लागिपरेको बुझिन्छ । अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगमा कागजपत्रहरु नियन्त्रणमा लिएर निस्पक्षकाे छानविन गर्नकालागी उजुरी परेकाे बताइन्छ ।