रोल्पाको गुंग्रीखोलामा बस खस्दा चालकसहित दुई जनाको मृत्यु

रोल्पा, १४ असोज पूर्वी रोल्पाको गुंग्रीखोलामा बस खस्दा दुई जनाको ज्यान गएको छ । ग १ ख ५५७३ नम्बरको बस सोमबार दिउँसो खोलामा खस्दा चालकसहित एक यात्रुको ज्यान गएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा बस चालक रोल्पा लुंग्री गाउपाँलिका–३, सिमगिठेका यामबहादुर घर्तीमगर र यात्रु लुंग्री गाउँपालिका–२ सिर्पका १९ वर्षे सूर्यलाल जीएम रहेका छन् । रोल्पाको सुलिचौर बजारबाट सिर्पतर्फ जान लागेको आशिर्वाद सेवा प्रालिको उक्त बस गोलाई मोड्ने क्रममा दुर्घटना भएको जनाइएको छ ।

प्रहरीका अनुसार बस सुनिल स्मृति गाउँपालिका–३, रुइनिवाङमा रहेको बस पार्कबाट २ सय मिटर तल लुंग्रीखोलामा खसेको छ ।

बस दुर्घटना भएको सूचना पाउने बित्तिकै इलाका प्रहरी कार्यालय सुलिचौरको टोली र स्थानीयहरुले उद्धारमा खटिएका छन् । दुई जनाको शव निकालिए पनि बसभित्र अरु यात्रु फसिरहेको वा नरहेको केही हालसम्म खुल्न नसकेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार