आइसीसी वरियतामा धोनी र गेलभन्दा पारस माथि, उनि ४५औं स्थानमा

काठमाडौं, २७ असाेज – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले जारी गरेको नयाँ वरियताको टी–२० ब्याटिङतर्फ पारस खड्का वेस्ट इन्डिजका क्रिस गेल र भारतका महेन्द्रसिंह धोनीभन्दा अगाडि पर्न सफल भएका हुन्। उनी ४५औं स्थानमा परेका हुन्।

खड्काभन्दा धोनी २१औं स्थान र गेल २५औं स्थान तल रहेका छन्। ब्याटिङतर्फ पाकिस्तानका बाबर अजाम पहिलो, अस्ट्रेलियाका ग्लेन म्याक्सवेल दोस्रो र न्यूजिल्यान्डका कोलिन मुन्रो तेस्रो स्थानमा रहेका छन्।

नेपाली क्रिकेट टोलीका कप्तान खड्का अलराउन्डरतर्फ २४औं स्थानमा परेका छन्। उनी इङल्यान्डका जोय रुट, अफगानिस्तानका रसिद खान लगायतका विश्व प्रसिद्ध खेलाडीभन्दा अगाडि रहेका छन्।

अलराउन्डर तर्फको वरियतामा नेपालका सोमपाल कामी र करण केसी पनि परेका छन्। कामी ६०औं र केसी ७७औं स्थानमा परेका हुन्।

बलिङतर्फ नयाँ अनुहार

आईसीसीको नयाँ वरियतामा नेपालका युवा बलरहरू पहिलोपटक परेका छन्। नयाँ वरियतामा लेग स्पीनर सन्दीप लामिछाने ६४औं स्थानमा परेका छन्। करण केसी पनि पहिलोपटक आइसीसीको वरियतामा परेका छन्। उनी ८३औं स्थानमा परेका हुन्। अर्का युवा बलर अबिनास बोहरा १००औं स्थानमा अटाएका छन्।
यसैगरी यसअघि पनि वरियतामा परिसकेका सोमपाल कामी ६८औं तथा बसन्त रेग्मी ८९औं स्थानमा छन्। अन्नपूर्ण

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार