महरालाई अझै तीन दिन हिरासतमा राख्न जिल्ला अदालतको आदेश

काठमाडौं, २९ असाेज – जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ भएको मितिले १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। न्यायाधीश दीपककुमार दाहालको इजलासले महरालाई पक्राउ परेको मितिले १३ दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको हो।

असोज १९ गते पक्राउ परेका महरा अदालतको आदेशअनुसार अब तीन दिन प्रहरी हिरासतमा बस्नुपर्नेछ।

महरा असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परेका थिए। जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जीको अनुमति दिएपछि उनलाई हिरासतमा लिइएको थियो। उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।

कसूर प्रमाणित भए ?

प्राप्त प्रमाणहरूका आधारमा दोषी ठहर भएमा महराले कैद सजाय भोग्नुपर्नेछ। जवर्जस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद हुने व्यवस्था छ। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार