मेसिन बिग्रिएपछि स्थगित एनआरएनएको मतदान बिहीबार बिहान १० बजेदेखि

काठमाडौं, ३० असाेज — विद्युतीय भोटिङ मेसिन बिग्रिएपछि बुधबार राति स्थगित भएको गैरआवासीय नेपाली संघ एनआरएनएको मतदान बिहीबार बिहान १० बजे देखि सुरु हुँदैछ ।

एनआरएनएका केन्द्रीय पदाधिकारीका लागि बुधबार राति ७ बजेदेखि मतदान गर्ने भनिएको थियो । विश्वभरिबाट काठमाडौंको ह्यात होटलमा भेला भएका प्रतिनिधिहरु मतदानका लागि लाइनमा बसिसकेपछि राति मतदान स्थगनको घोषणा गरिएको थियो ।

नयाँ नेतृत्वका लागि बुधबार साँझ ५ बजेदेखि हुने भनिएको निर्वाचन राति ८ बजेदेखि मात्र भएको थियो । केही समय मतदान भएपछि मेसिनमा आएको गडबडीका कारण मतदान स्थगित गर्नु परेको निर्वाचन समितिले जनाएको छ ।

समितिको सूचनामा उम्मेदवार तथा मतदातामा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी मागिएको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको एनआरएनएको नवौं विश्व सम्मेलन विहीबारसम्म चल्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने कार्यसूची छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार