https://www.saurabhgroup.com/

एनआरएनएको अध्यक्षमा कुमार पन्त, कोषाध्यक्षमा महेश श्रेष्ठ विजयी

काठमाडौं, १ कार्तिक – गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं महाधिवेशनले कुमार पन्तलाई अध्यक्षमा निर्वाचित भएका छन्  । त्यसैगरी  महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा महेश श्रेष्ठ विजयी भएका छन् ।

काठमाडौंको होटल हायातमा भएको नवौं महाधिवेशनले पन्तलाई अध्यक्षमा निर्वाचित गरेको हो । पन्तले अध्यक्षका प्रत्यासी कुल आचार्यलाई पराजित गरेका हुन्।

त्यसैगरी अमेरिकाको संयोजकमा राजन त्रिपाठी विजयी भएका छन् ।  उपसंयोजकमा राम सी पोख्रेल र महिलातर्फ उमा कार्की विजयी भएकी छिन् । युवा संयोजकतर्फ बिमला सापकोटा निर्वाचित भएकी छिन् । उनी क्यानडाबाट अमेरिका गएकी हुन् ।

मध्यपूर्वको संयोजकमा प्रविण गुरुङ र मनोज श्रेष्ठ (गोर्खाली)ले उम्मेदवारी दिए पनि बुधबार उनीहरुबीच सहमति भएसँगै संयोजक र उपसंयोजक दुबै निर्विरोध चयन भएका हुन्। उपसंयोजकमा गोर्खाली र जोन अर्याल निर्विरोध चयन भएका हुन् ।

बिहीबार राति ११ बजेदेखि सुरु भएको मतगणना शुक्रबार बिहानमात्र सकिएको हो । निर्वाचनमा दुई हजार ५ सय ७० मतदाता रहेकोमा दुई हजार ३ सय ४० मत खसेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार