काठमाडौं, ६ कार्तिक – टेकु स्थित पचली भैरवबाट पाँच लाख बराबरको पटका बरामद गरिएको छ । कालीमाटीका प्रमुख एवं डिएसपी रुगम कुँवरको नेतृत्वमा खटिएको टोलीले आज बेलुका उक्त पटेका बरामद गरेको हो ।
सानी कस्मेटिक पसलबाट तिहारमा प्रयोग हुने पटका, झिरझिरे, गमला, चक्री लगायतका पटका बरामद गरिएको हो । पसलका संचालक समेत पक्राउ परेका छन् । नजिकिँदै गरेको तिहारलाई लक्षित गरि ल्याईएको यो ठुलो परिमाणको पटका हो ।