निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्कमा भित्रियो १ अर्ब ३५ करोड विदेशी लगानी

काठमाडौं, ८ कार्तिक- निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक वल्र्डलिङ्क कम्युनिकेसन्सले ग्रामीण क्षेत्रमा थप इन्टरनेट विस्तार गर्ने लक्ष्यसहित करिब एक अर्ब ३५ करोड (एक करोड २० लाख डलर) रुपियाँ विदेशी लगानी भित्यात्एरको छ ।

बेलायत सरकारको पूर्ण स्वामित्व रहेको सीडीसी, यूकेमार्फत कम्पनीले विदेशी लगानी ल्याएको हो । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै दुवै पक्षले लगानी कार्यान्वयनको घोषणा गरेका हुन् ।

घोषणा कार्यक्रममा सीडीसी यूकेका प्रबन्ध निर्देशक र एसिया प्रमुख श्रीनि नागाराजनले स्वपुँजीका रूपमा कम्पनीमा लगानी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यो लगानीमार्फत नेपालको खासगरी ग्रामीण क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तारमा सहयोग पुग्ने छ । निजी क्षेत्रको इन्टनरेट सेवा प्रदायकमा विदेशी लगानी भित्रिएको यो नेपालमै पहिलोपटक हो ।

वल्र्डलिङ्कमा सीडीसी यूकेको करिब १० प्रतिशत स्वामित्व रहने गरी लगानी भिœयाएको कम्पनीका अध्यक्ष दिलीप अग्रवालले जानकारी दिनुभयो ।

बेलायती सरकारको लगानी भित्रिएसँगै कम्पनीलाई अन्तर्राष्ट्रियस्तरको कम्पनीका रूपमा स्थापित गर्न सफल हुने उहाँको भनाइ छ । यसमा लगानीभन्दा पनि पारदर्शितामा विश्वास गर्ने सीडीसीजस्तो संस्थाको हामीमाथिको विश्वासलाई महत्वपूर्ण मानेका छौँ । — गोरखापत्र दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार