सरकारले प्रदेश प्रमुख हटायो, तरुणदल अध्यक्ष बस्नेतले दिए ओली सरकारलाइ कडा चेतावनी

काठमाडौं, १७ कार्तिक  —  सरकारले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वले नियुक्त गरेका सात प्रदेश प्रमुखलाई आजबाट बर्खास्त गरे पछि विवाद सुरु भएको छ । नेपाली कांग्रेसबाट टिका टिप्पणी आए संगै नेपाल तरुण दलले पनि सरकारको यस निर्णयको चर्को विरोध गरेको छ ।

नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेतले एक विज्ञप्ती जारी गर्दै नेकपा दुईतिहाई मतको सरकारले सातै वटा प्रदेश प्रमुखलाई हटाएर आउंदै गरेको उपनिर्वाचन संग डराएको प्रमाणित भएको बताएका छन् ।

यस्तै उनले आउंदै गरेको उपनिर्वाचनको नजिक आएर कांग्रेसको पालामा नियुक्त भएका प्रदेश प्रमुखहरुलाई हटाएर सरकार मात्र नभई राष्ट्रपति जस्तो गरिमामय संस्था समेत मुछिएकोमा चिन्ता ब्यक्त गर्दै यो निर्णय तुरुन्त सच्याउनको लागि आग्रह समेत गरेका छन् ।

यस्तै उनले दुईतिहाईको दम्भ बोकेको कम्युनिष्ट सरकारले जनताको अधिकारमा अलिकति पनि ध्यान नदिएर भ्रष्टको दिशा तर्फ स्वार्थ बोकेर अगाडी बढेको र कांग्रेस संग भएको सहमतिको बाटो बन्द गरेर कम्युनिष्ट ओली सरकार अधिनायकवादको बाटोमा लम्किएको प्रष्ट भएको समेत बताएका छन् ।

यस्तै तरुण दल अध्यक्ष बस्नेतले कम्युनिष्ट ओली सरकारले एक पछि अर्को संविधान बिपरितका काम गर्दै आएको र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संग हातेमालो गर्नुको साटो हेपा प्रवृति देखाउदै युद्ध गर्न खोजेको बताएका छन् ।

नेपाल तरुण दलले सरकारलाई बेलैमा सजक हुन धेरै मौका दिएको र अब पनि यहि कदम निरन्तर भए तरुण दलले कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत उनले दिएका छन् । यस्तै उनले राणा, पंचायत र राजा फालेको कांग्रेसले लोकतन्त्र बचाउन गर्ने जस्तोसुकै आन्दोलनमा नेपाल तरुण दल रगतको खोला बगाउन तयार रहने समेत बताएका छन् ।

नेपाली कांग्रेसका प्रख्यात युवा नेता समेत रहेका नेपाल तरुण दल अध्यक्ष जित जंग बस्नेतले प्रदेश प्रमुखहरू एकलौटि हटाउने सरकारको निर्णय राजनैतिक पुर्वाग्रही ,निर्वाचन आचारसंहिता बिपरित र सर्बसत्ताबादी चरित्रको नमुना मात्र भएको टिप्पणी गर्दै उपनिर्वाचनमा जनता विरुद्ध लागेको कम्युनिष्ट ओली सरकारलाई जनताले नै सबक सिकाउने समेत बताएका छन् ।

यस्तै उनले लोकतन्त्र सखाप पार्ने ओली सरकारको सपना दिउँसो देख्ने सपना भएको हुँदा तरुण दलले ज्यानको आहुति दिने तर लोकतन्त्र कुनै पनि हालतमा मासिन नदिने प्रतिबद्धता जाहेर गरेका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनतासँग सम्बन्धि कामलाई अलपत्र छाडेर सम्बन्ध नै नभएको विषयमा हात हालेर सरकारले गल्ती गरेको बताए । कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुख हटाएर प्रमुख प्रतिपक्षी दललाई सरकारले द्वन्द्वको निमन्त्रणा गरेको उनले निजकिर गरे । ‘कांग्रेस यो देशको प्रमुख प्रतिपक्षी दल हो कम्तिमा छलफल त गर्नुपर्छ ’, उनले भने, ‘सरकारले प्रतिपक्षीलाई द्वन्द्वका लागि निमन्त्रण गर्यो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार