संयुक्त विद्यार्थी संगठनले भारतीय दूतावास अगाडि नै जलाए भारतको नक्सा

काठमाडौं, २२ कार्तिक  – भारतले नेपाली भूमि लिपुलेकलाई आफ्नो क्षेत्रभित्र पारेर सार्वजनिक गरेको विवादित नक्सा विद्यार्थीहरुले काठमाडौंस्थित भारतीय दूतावास अगाडि नै जलाएका छन् । शुत्रबार लैनचौरस्थित भारतीय दूतावास घेराउ गरेर संयुक्त विद्यार्थी संगठनले भारतको नक्सा  जलाएकाे हाे ।

संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरमा गरिएको प्रदर्शनमा उनीहरुले अतिक्रमित सम्पूर्ण नेपाली भूमि फिर्ता गर्नुपर्ने मागसहित राष्ट्रिय झण्डा बोकेर भारतीय ‘विस्तारवाद मुर्दाबाद, गो ब्याक इन्डिया, ब्याक अफ इन्डिया, लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो’ जस्ता नारा लगाएका थिए।

भारतको विरोधमा नेविसंघका विद्यार्थीहरुले शुक्रबार बिहान नै चाबहिलमा विरोध जुलुस समेत निकालेका थिए । भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा भारतसँग सीमा जोडिएको नेपाली भूमि लिपुलेक भारतीय क्षेत्रभित्र देखिएको छ ।

नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा हस्तक्षेप गरेको भन्दै केही दिनयता नेपालभर भारतको विरोध हुँदै आएको छ । नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत लिपुलेक नेपालकै भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गर्दै आएका छन् । तर, भारतले भने आफ्नो नक्सा सही भएको दाबी गर्दै आएको छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार