कालापानी र लिम्पियाधुरा हाम्रै हो, यसमा विवाद किन ? – कांग्रेस सभापति देउवा

धनगढी, २९ कार्तिक — नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको कालापानी र लिम्पियाधुरा नेपालकै भूभाग भएको बताएका छन् । यो भुभागमा कुनै विवाद गरिराख्नु पर्ने अवस्था नभएको बताएका हुन्।

कांग्रेस निकट शिक्षकहरुको संस्था नेपाल शिक्षक संघको शुक्रबार हुने ७ नम्बर प्रदेश सभा स्तरिय भेलालाई सम्बोधन गर्न बिहीबार कैलालीको धनगढी पुगेका सभापति देउवाले विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा यस्तो धारणा राखेका थिए।

उनले महाकाली सन्धीकै बेलामा पनि नेपाल र भारतको सीमानामा रहेको महाकाली नदी दुबै देशको साझा नदी भएको र यसको पानी आधा आधा हो भन्ने कुरा स्वीकार दुबै देशले गरिसकेको बताउँदै महाकाली नदी वारीको भूभाग नेपालको भएको बताए ।

भारतीय पक्षले हालै काली नदीको मुख्य मुहान रहेको लिम्पियाधुरादेखि कालापानी र लिपुलेकसम्मको भूभागलाई भारतीय भूमिको रुपमा रहेको नयाँ नक्सा सार्वजनिक गरेपछि त्यसबारे मुलुकभर चर्को विरोध हुँदै आइरहेको छ।

उक्त विषयमा पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले यसबारे भारतीय पक्षले विवाद गर्न जरुरी नभएको बताएका छन् । सीमा विवाद तत्काल कुटनीतिक माध्यमबाट समाधान गर्न सरकारलाई सुझाव दिएका  छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार