इन्डोनेसियामा शुक्रबार बिहान ७.१ रेक्टर स्केलको भूकम्प

काठमाडौं, २९ कात्तिक –  इन्डोनेसियाको मालुकु प्रान्तमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान ७.१ रेक्टर स्केलको भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु मोलुसा सागरमा ७३ किलोमिटर गहिराइमा थियो । मानवीय र भौतिक क्षतिको विवरण भने आइसकेको छैन ।

यो भूकम्पका कारण सुनामी आउने चेतावनी दिइएको छ । इन्डोनेसियाको मौसम विज्ञान विभागले सुनामी आउने चेतावनी जारी गर्दै मानिसहरुलाई समुद्र तटभन्दा टाढै रहन आग्रह गरेको छ ।

स्थानीय टेलिभिजन च्यानलका अनुसार भूकम्पको धक्काका कारण उत्तरी सुलावेसी र उत्तरी मालुकु प्रान्तमा त्रास पैदा भएको छ । सरकारले पनि विशेष गरी उत्तरी सुलावेसी प्रान्त र उत्तरी मालुकी प्रान्तका बासिन्दालाई नै सतर्क रहन जानकारी गराइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार