सिटी एक्सप्रेस ग्रुपद्धारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

काठमाडौं, कार्तिक – सिटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ ।

जाडोयाम लाई लक्षित गरि मानव सेवा आश्रममा आश्रितहरुलाई जाडोबाट बचाउन सिटी एक्सप्रेस ग्रुप वाट ज्याकेट वितरण गरेको जनाएकाे छ  ।

उक्त अवसरमा सिटी एक्सप्रेस ग्रुप अन्र्तर्गतका भगिनी संस्थाहरु मध्ये सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रशासकीय निर्देशक कृष्णराज पौडेल, सिटी एक्सप्रेस फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे तथा सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी सस्थाका प्रमुख कार्यकारी अधिकृत नारायण बस्नेतद्धारा संयुक्त रुपमा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई १२०० थान ज्याकेट एक समारोहका बिचमा हस्तान्तरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार