चितवनमा हात्तीका आक्रमणबाट बाबुछोराको मृत्यु

चितवन, ३० कात्तिक – शनिबार बिहान चितवनमा जंगली हात्तीको आक्रमणबाट २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी १ बरुवाका ६५ वर्षीय बाबुराम पौडेल र उनका छोरा ३५ वर्षीय राजु पौडेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बरुवाबाट बाँदरझुलातर्फ गइरहेको लु ३१ प २९११ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई बाटोमा बिहान ९ः३० बजे जंगली हात्तीले आक्रमण गरेको जानकारी दिए । हात्तीको आक्रमणबाट दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एक नारायण कोइरालाले बताए।

घटनालगत्तै जनप्रतिनिधि, प्रहरी र स्थानीय घटनास्थलमा पुगेका थिए। चितवन राष्ट्रिय निकुन्जले घेरिएको माडीमा वन्यजन्तुको आक्रमणबाट पटकपटक ठूलो धनजनको क्षति हुने गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार