ओलीकै सहमतिमा भारतले नयाँ नक्सा सार्वजनिक गर्‍योः शेरबहादुर देउवा

काठमाडौँ, ८ मङ्सिर – प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा नै भारतले नयाँ राजनीतिक नक्सा तयार पारेर सार्वजनिक गरेको अरोप लगाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादर देउवाले पोखरा आएर प्रधानमन्त्री ओलीप्रति यस्तो आरोप लगाएका हुन् ।

आगामी मंसिर १४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई मध्यनगर गर्दै पोखरामा आयोजित शनिबार नेपाली कांग्रेसको आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीकै सहमतिमा नेपाली भू(भाग भारतको नयाँ नक्सामा समेटिएर मात्र सार्वजानिक भएको बताए । उनले भारतसँग ओलीको सम्झौता भएको हुन सक्ने बताए ।

देउवा भन्छन्, ‘भारतले हाम्रो प्रधानमन्त्री ओलीसँग नै सम्झौता गरेर मात्र नयाँ नक्सा बनाएको हो । यदी होइन भने नेपाली भू–भाग मिचिएको प्रष्ट हुदाँहुदै सरकारले किन पहल गर्दैन रु’ सरकारले उच्चस्तरको कूटनीतिक पहल गर्नुपर्नेमा सरकार मौन रहेको बताएका थिए । छलफलको लागि पहल नगरेकाले नै भारतको नक्सामा ओलीको सहमति देखिएको उनको आरोप छ ।

देउवाले चुनावी सभामा ओली सरकारले जनताको ढाड सेक्ने गरी कर लगाएको पनि आरोप लगाएका थिए । ‘ओली सरकार भ्रष्टाचारी सरकार भयो,’ उनले भने, ‘जनतालाई उठ्नै नसक्ने गरी कर लगाउने र आफूहरुले कसरी भ्रष्टचार गर्ने भन्ने तर्फ नै ध्यान लगाए । जनताको दुःखलाई सम्बोधन गर्नुको सट्टा झन् खाडल खनेर पसाल्ने मात्र काम भयो । यसरी देश कसरी उभो लाग्छ रु’

सरकारले अहिले अनावश्यक रवैया देखाएको बताउँदै देउवाले उपनिर्वाचनमा ओली सरकारलाई चुनौती दिन पनि कांग्रेसलाई जिताउन मतदातालाई आग्रह गरे । सरकारले जनताविरोधी कार्यक्रम गरेको उनको भनाइ छ । उपनिर्वाचन कांग्रेसलाई मतदान गरे कम्युनिष्ट सरकारलाई थप भ्रष्टाचारी हुनबाट जोगाउन कांग्रेसले पहल गर्ने उनको भनाइ थियो ।

कास्की २ मा नेपाली कांग्रेसबाट खेमराज पौडेल चुनावी मैदानमा उत्रिएका छन् । पौडेलले जिते लोकतन्त्रकै जित हुने उनले बताए । वर्षौंदेखि कास्कीका जनताको सेवा गरेका खेमराज मतदाताको रोजाइमा पनि परेको उनले बताए । उनले मतदाता रिझाउँदै रुखमा भोट आउनेमा ढुक्क रहेको बताए । यसैगरी उपनिर्वाचन सम्बन्धी चुनावी सभालाई सम्बोधन गर्न शनिबार कांग्रेसका केन्द्रीय नेताहरु यतिबेला पोखरामा छन् ।  – कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार