https://www.saurabhgroup.com/

ललितानिवास जग्गा हिनामिना प्रकरण, मन्त्रालयबाट निर्णय फाइल नै गायब

काठमाडौं, ११ मङ्सिर- बालुवाटारस्थित सरकारी स्वामित्वको ललितानिवासको जग्गा हिनामिनामा संलग्नमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानविन गरिरहेका छ ।

प्रधानमन्त्री निवास विस्तारको नाममा बालुवाटारको जग्गा हिनामिना गरेको नक्कली मोही र गुठी खडा गर्नेलगायत कार्यमा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी सिआइबीले प्रतिवेदन तयार पारिरहको छ ।

सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले सिआइबीले ललितानिवास बालुवाटार जग्गा हिनामिनाको छानबिन अन्तिम चरणमा पुगेको बताए । सिआइबीले उक्त प्रतिवेदन अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगलगायतका सम्बन्धित निकायमा बुझाउने तयारी गरिरहेको उनको भनाइ छ।

अन्य विषयमा भने थप बोल्न नमिल्ने एसपी पाण्डेले बताए । सिआइबी स्रोतका अनुसार प्रधानमन्त्री निवास विस्तारको गुरुयोजना तयार पार्ने र त्यसलाई कार्यान्वयन गर्ने अधिकारीहरूलाई दोषी ठहर गरी कारबाहीको सिफारिससहित प्रतिवेदन बुझाउने तयारीमा सिआइबी छ । प्रतिवेदन लेखनको काम अन्तिम चरणमा रहेकाले बढीमा एक हप्ताभित्र छानबिन प्रक्रिया टुंग्याउने गरी काम भइरहेको बताइन्छ । – नागरिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार