अर्घाखाँचीको नरपानीमा बस दुर्घटना १९ जनाको मृत्यू, ११ जनाको सनाखत

अर्घाखाँची, १२ मंसिर – अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानी रातामाटामा बस दुर्घटना हुदाँ १९ जनाको मृत्यु भएको छ । चालक सहित पछिल्लो जानकारी अनुसार १९ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले अनलाइनलाइ बताएका छन्। दुर्घटनामा अन्य ११ जना घाइते छन् ।

प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहका अनुसार सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु२ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेको हाे ।  गाडी दुर्घटना भएको नरपानी देखी घुम्तीसँग दुर्घटना कम गराउँनका लागी बाटो काट्ने काम हुदाहुदैँ गाडी दुर्घटना हुनाले जिल्लाबासी चिन्तीत भएका छन् ।

उद्धार कार्य गर्न निकै अफ्ठ्यारो भिर भएकाले गाहृो भएको थियो । दिउँसो करिब ४ बजे गाडी दुर्घटना भएको हो । सन्धिखर्कबाट साढे १ बजे हिडेको बस घुम्ती काट्दा रोकिएको थियो । बाटो करिब ४ बजे खुलेसँगै करिब बस ४ बजे तिर बाटो खुल्ने वित्तिकै दुर्घटना भएको हो ।

मृत्यु हुनेमा हालसम्म सनाखत भएकाहरुको नामावली

१) वसन्त भन्ने ओम बहादुर थापा, वर्ष ३१, चालक रुपन्देही बासगढी

२) माया पुरी, १८ वर्ष, खाचिकोट काउले

३) मेनुका खड्का, ८ वर्ष, खाचिकोट काउले

४) बलराम भट्टराई, खाचिकोट डिहिडाँडा

५) सीता बस्नेत, २७ वर्ष, शितगंगा–२ घर भइ हाल चप्परगाउँ कपिलवस्तु

६) राज कुमार महत,  २८ वर्ष, पिपलडाडा वेम्जिङ, गुल्मी

७) सन्त बहादुर बस्नेत, ३६ वर्ष, छत्रदेव गा.पा. ७, (उपचारको क्रममा चौराह अस्पताल बुटवलमा)

८) शैलैस थापा, भूमिकास्थान नगरपालीका–९, अर्घाखाँची

९) शिवलाल भट्टराई, सन्धीखर्क–७, खाचिकोट

१०) छविलाल गैरे, सनापा–१०

११) एक जना ६ महिनाका बालक

भैरहवामा उपचार हुँदै गरेका घाइतेहरु :

१. कृष्ण बिक, वर्ष ४०, अर्घाखाँची

२. बोम बहादुर, वर्ष ३५ अर्घाखाँची

३. बिष्णु विक, वर्ष ३५, अर्घाखाँची

४. सरस्वता भट्टराई, वर्ष २३, अर्घाखाँची

५. जीवन विक वर्ष २५, अर्घाखाँची

बुटवलमा उपचार हुँदै गरेका घाइतेहरु

१. अंकिता थापा  वर्ष १५, सन्धीखर्र्क–६  अर्घाखाँची

२. सरस्वता भट्टराई वर्ष २३, सन्धीखर्र्क ४ अर्घाखाँची

३. बिष्णु अधिकारी, अर्घाखाँची

४. लोकनाथ पाण्डे, अर्घाखाँची

५. सपना कुवँर, अर्घाखाँची

६. नन्द बहादुर बिक, अर्घाखाँची

अन्य अरुको सनाखत हुन बाकी रहेको छ । शवहरु जिल्ला अस्पताल सन्धिखर्कमा सनाखतका लागी ल्याईएको छ । नरपानीको रातामाटामा दुई महिना नबित्दै ३ दुर्घटना भए । कार दुर्घटना हुदाँ २० दिन अगाडी एकै परिवारका तिन जनाको मृत्यु भएको हो । साघुरो बाटोका कारण एकैठाउँ दुर्घटना हुदाँ जिल्लाबासी चिन्तीत बनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार