रुपन्देहीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रुपन्देही, २० मंसिर सैनामैना नगरपालिका–१० फायरलाइनमा बिहीबार साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिका–१ पर्रोहाका ३४ वर्षीय केदारनाथ थारु रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साँझ ६ बजे लु १ ख ६४५९ नम्बरको ट्रकले लु ५७ प ६५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भिर घाइते भएका थारुको उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार