काठमाडौं, २१ मंसिर – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदक हातपार्न सफल भएको छ । पुरुषतर्फको प्रतिस्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । योसँगै नेपालको स्वर्ण पदक ४२ पुगेको छ ।
शनिबार बिहान दशरतथ रंगशालाबाट सुरु भएर विभिन्न स्थान हुँदै पुनः सोही रंगशालामा आई टुंगिएको म्याराथनमा नेपालका धावक सिंहले निर्धारित दूरी २ घण्टा २१ मिनट १६ सेकेन्डमा पूरा गरी स्वार्ण पदक जित्न सफल भए ।
४२ किलोमिटरको निर्धारित दूरी उनले २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे ।
यसैगरी साे म्याराथनमा रजत र कास्य पदक भारतले जितेकाे छ । भारतका धावक रसपाल सिं ले निर्धारित दूरी २ घण्टा २१ मिनेट ५६ सेकेन्डमा तथा भारतकै शेर सिंहले २ घण्टा २२ मिनट ६ सेकेन्डमा पूरा गरी रजत तथा कास्य पदक हात पारेका हुन् ।
सन् १९९५ मा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए ।