सागको पदक तालिकामा नेपाल ४५ स्वर्ण सहित दोस्रो स्थानमा, मंगलबार सागको समापन

काठमाडौं, २३ मङ्सिर – सात राष्ट्र सहभागी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा आयोजक नेपाल दोस्रो स्थानमा छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७६ कास्यपदक गरी १६५ पदकसहित दोस्रो स्थानमा रहेको हो ।

पहिलो स्थानमा भारत रहेको छ । भारतको नेपालको भन्दा तीन गुणा बढी स्वर्ण पदक छ । भारतले १३२ स्वर्ण, ७९ रजत र ४१ कास्यपदक सहित २५२ पदक बटुलेको छ ।

तेस्रो स्थानको श्रीलंकाले नेपाललाई भेट्टाउन खोजिरहेको छ । श्रीलंका ३६ स्वर्णसहित तेस्रो स्थानमा रहेको हो । पाकिस्तानले पनि श्रीलंकालाई भेट्टाउन खोजिरहेको छ २९ स्वर्णसहित । बंगलादेश भने ८ स्वर्णबाट पाँचौं स्थानमा छ । छैटौं स्थानको माल्दिभ्सको १ स्वर्णपदक छ ।

फुटबलको फाइनलमा पुगेको भुटानको ९ कास्यमात्र छ । फुटबलमा नेपालले कम्तीमा रजत जितेको छ । समापन स्थल दशरथ रंगशालामा पुरुष फुटबलको फाइनल हुनेछ ।

नेपालका तीन सहरमा भइरहेको १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता साग मंगलबार सकिँदैछ । समापनको तयारी भइरहेको तयारी समितिले जनाएको छ ।

त्यही फाइनलपछि विशेष प्रस्तुति हुने र समापन भएको घोषणा गरिने छ । १४ औं साग पाकिस्तानले आयोजना गर्ने पक्का भएको छ र सागको झण्डा मंगलबार नै पाकिस्तानी सेभ द मिसनलाई हस्तान्तरण गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार