‘गोल्डेन गर्ल’ गौरिकाको नयाँ ईतिहास नेपाललाई चार स्वर्ण

काठमाडौँ, २४ मङ्सिर — तेह्रौ दक्षिण एसियाली खेलकुद सागमा पौडि तर्फको स्पर्धामा नेपालकी गौरिका सिंहले सर्वाधिक ४ स्वर्ण पदक जित्दै नयाँ किर्तिमान बनाएकी छिन् । साग अन्र्गत व्यक्तिगत चौथो स्वर्ण पदक जित्दै नयाँ कीर्तिमान बनाएकी हुन् । सातदोबाटोस्थित पौडी पोखरीमा गौरिकाले पौडि स्पर्धाको अन्तिम दिन १ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जित्दै एकै संस्करणमा सर्वाधिक चार स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी हुन् ।


सोमबार प्राप्त पदक जारी सागमा गौरिकाको व्यक्तिगत चौथो स्वर्ण हो ।  मङ्गलबार सात विधामा १५ स्वर्णका लागि स्पर्धा सम्पन्न भएसँगै तेह्रौं साग समापन समारोहमार्फत् औपचारिक रुपमा टुंगिनेछ । तर तेह्रौं साग समापनको पूर्वसन्ध्यामा १७ वर्षिया गौरिका सिंहले बनाउनुभएको कीर्तिमान सागको आगामी संस्करणहरुमा समेत स्मरण गराइरहनेछन् ।

तेह्रौं सागमा चार स्वर्ण, दुई रजत र तीन काश्यसहित गौरिका सर्वाधिक सफल खेलाडी बन्नुभयो । यसअघि तेक्वान्दोका दिपक विष्टले चार स्वर्ण जित्नुभएको कीर्तिमान गौरिकाले सागको एउटै संस्करणमा बराबरी गर्नुभयो । गौरिका सहभागी ९ वटै विधामा नेपालले पदक प्राप्त गर्यो । ब्यक्तिगत् विधामा चार स्वर्ण र दुई रजत जित्नुभयो । उहाँले टिम विधामा तीन काश्य जित्नुभयो ।

तेह्रौं सागको पौडी विधाका खेल १९ गतेबाट सुरु भएको थियो । पहिलो दिन नै गौरिकाले २०० मिटर फ्री स्टाइलमा स्वर्ण जित्नुभयो । उहाँ पौडीको ९ विधामा सहभागी हुने तालिका थियो । प्रशंसकको गौरिकाप्रतिको अपेक्षा बढ्दै गयो । र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेर तेह्रौं सागमा ब्यक्तिगत् विधामा दुई स्वर्ण जित्ने गौरिका पहिलो नेपाली खेलाडी बन्नुभयो ।

आइतबार २० विधामा स्पर्धा हुँदै थियो । शनिबार ४३ औं स्वर्णसम्म पुगेको नेपालले अपरान्हसम्म कुनै पनि विधामा स्वर्ण हात पार्न नसक्दा खेल प्रशंसक निराश भएका थिए । तर गौरिकाले ४०० मिटर फ्री स्टायलमा स्वर्ण जितेर नेपाललाई ४४ औं स्वर्ण दिलाउनुभयो । उक्त स्पर्धामा भारतकी शुभांगि शर्माले मिलिसेकेण्डको अन्तरले दोस्रो भई रजतमा चित्त बुझाउनुपर्यो । र दिनको अन्त्यसम्म मीनु गुरुङ्गले बक्सिङ्गमा थप एक स्वर्ण जितेपछि नेपालले ४५ औं स्वर्ण प्राप्त गर्दै दिनको खेल सकियो ।

आइतबार नै उहाँले म्याराथनमा पहिलो स्वर्ण दिलाएका धावक वैकुण्ठ मानन्धर र तेक्वान्दोका आयशा शाक्यको तीन स्वर्णको कीर्तिमान बराबरी गर्नुभयो । सोमबार तेह्रौं सागको ९ औं दिनका स्पर्धा सुरु हुँदा नेपालले तेक्वान्दोका दिपक विष्टको कीर्तिमानले नेपाली खेल प्रशंसकलाई स्मरण गराइरह्यो ।

गौरिकाका लागि भने उक्त कीर्तिमान बराबरी गर्न जारी संस्करणमा पौडीको अन्तिम दिन अवसर बनेर आयो । र उहाँले १०० मिटर फ्री स्टायलमा भारतकै शुभांगिलाई पराजित गरेर सागको एकै संस्करणमा चार स्वर्ण जित्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाउनुभयो ।

गौरिका मात्र १३ वर्षको उमेरमा रियो डे जेनारियो ओलम्पिकमा संसारकै कान्छी ओलम्पियनको रुपमा स्पर्धा गर्नुभएको थियो । त्यत्तिबेला नै विश्वभरि चर्चामा आएकी गौरिका त्यसपछि लगातार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी हुँदै आउनुभएको छ । तर सागको बाह्रौं संस्करणसम्म आइपुग्दा स्वर्ण जित्न सक्नुभएन । यद्दपी १३ वर्षकै उमेरमा बाह्रौं सागमा स्पर्धा गर्दा गौरिकाले एक रजत र तीन काश्य जितेर आगामी चुनौती स्वीकार गर्न पूर्णरुपमा तयार हुनुहुन्थ्यो ।

गौरिका हाल बेलायतको लण्डनस्थित काम्डन स्वीस कटेज स्विमिङ्ग क्लबमा प्रशिक्षणरत रहँदा तेह्रौं सागमा सहभागी हुनुभएको हो । टोक्यो ओलम्पिकका लागि उहाँले छात्रवृत्तीमा उक्त प्रशिक्षण पाउने अवसर पाउनुभएको छ । उक्त क्लबमा उहाँलाई राइस गोर्मली र क्रिष्टिन ग्रीनले प्रशिक्षण दिदैछन् ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार