जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु, चार घाइते

कञ्चनपुर, २५ मङसिर – कञ्चनपुरको महाकाली नगरपालिकाको माकुरी सामुदायिक वनमा घाँस दाउरा गर्न गएका स्थानीयहरु जंगली हात्तीको आक्रमणमा परेका छन् ।

जंगली हात्तीको आक्रमणबाट दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना गम्भिर घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा महाकाली नगरपालिका दोधारा चाँदनीका ५० बर्षिया हुलिदेवी बोहोरा र सोही ठेगानाको ३८ वर्षिया बसन्ती भट्टको मृत्यु भएको हो । जंगली हात्तीको आक्रमणबाट सोही ठेगानाका ३५ बर्षिया ललिता बोहोरा, ३४ बर्षिया सुनिता बिष्ट, ३२ बर्षिया उमा साउद र २४ बर्षिया सरिता ओझा रहेको स्थानीय प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार