शुक्रबारदेखि दुई हप्ताका लागि मुग्लिन–नारायणगढ सडकखण्ड बन्द हुने

चितवन, २६ मंसिर – मुग्लिन–नारायणगढ सडकखण्ड शुक्रबारदेखि दुई हप्ताका लागि बन्द हुने भएको छ । पहिरो रोक्ने काम बाँकी रहेकाले मंसिर २७ गतेदेखि पुसको ११ गतेसम्म लागि विहान ११ बजेदेखि ३ बजेसम्म बन्द गर्न लागिएको हो ।

सडकको निर्माण कार्य सकिएपनि पहाडको पहिरो रोक्ने काम बाँकी रहेकाले सडक बन्द गरेर काम गर्न लागिएको यस सडक आोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

मुग्लिन नारायणगढ सडक खण्डका पहिरो झर्ने विभिन्न आठ स्थानमा काम गर्नु पर्ने भएकाले विभागले सूचना प्रकाशित गरेको खनालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार