सिन्धुपाल्चोकमा बस दुर्घटना – पन्ध्र जनाको मृत्यु, १९ यात्रु घाइते

सिन्धुपाल्चोक, २९ मंसिर — दोलखाको कालिन्चोकबाट भक्तपुरतर्फ फर्कर्दै गरेको तीर्थयात्री बस दुर्घटना भएको छ । आइतबार बिहान बा ४ ख ४४६८ नम्बरको बस  सिन्धुपाल्चोकको खाडिचौर–जिरी सडकखण्डको मुरेस्थित पाँचकिलोमा दुर्घटना हुँदा १५  जनाको मृत्यु भएकाे छ । दुर्घटनामा अन्य १९ यात्रु घाइते भएकाले मृतकको संख्या अझै बढ्न सक्ने बताए ।

दोलखाको कालिन्चोक दर्शन गरेर काठमाडौं फर्कने क्रममा बा ४ ख ४४६८ नम्बरको बस ६ किलो मोडबाट खसेको थियो । दुर्घटनामा अहिलेसम्म १५ जनाको मृत्यु भइसकेको जिल्ला ट्राफिक प्रहरी अधेँरीका प्रमुख राजेश दाहालले जानकारी दिए ।

घटनास्थलमै मृत्यु हुनेमा २ बालक, ८ महिला र २ पुरुष रहेका छन् । उपचारका लागि लग्दै गर्दा मृत्यु हुनेमा १ परुष १ महिला र १ बालक रहेको प्रहरीले जनाए ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका ७ का २८ वर्षका सुकबहादुर तामाङ, ७ वर्षकी सविना तामाङ, १५ वर्षकी रोशनी तामाङ, २८ वर्षकी मञ्जु तामाङ, ३० वर्षकी रेशमा तामाङ, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ४ कि ५५ वर्षकी गंगामाया लामा, बलेफी गाउँपालिका ७ कि ३५ वर्षकी फूलमाया तामाङ रहेका छन् ।

त्यस्तै  दोलखाको सैलुङ गाउँपालिका ६ का १० वर्षका रजित बस्नेत र ३२ वर्षकी चिनु बस्नेत,  भीमेश्वर नगरपालिका ९ की ४२ वर्षकी लक्ष्मी श्रेष्ठ, रामेछापको उमाकुण्ड गाउँपालिका ४ का २४ वर्षका महेश तामाङ, काभ्रेको बेथान गाउँपालिका ५ का ३६ वर्षका रामशरण खत्री, ३५ वर्षकी मैयाँ केसीको पनि मृत्यु भएको छ । दुई जनाको भने नाम र ठेगाना नखुलेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइतेमध्ये १४ जनाको काठमाडौंको ह्याम्स अस्पताल, २ जनाको काठमाडौं मेडिकल कलेज, ३ जनाको धुलिखेल अस्पताल र एक जनाको सिन्धुपाल्चोक खाडीचौरको सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार