गुल्मीमा जन्मेका पंडीत अमृत पन्थीले टपे भारतका १५०० कलेज

काठमाडौँ — भर्खरै प्रकाशित नतिजामा भारतको सम्पूर्णानन्द विश्व विद्यालयमा गुल्मीमा जन्मेका पंडीत अमृत पन्थीले टपेका छन् । भारतका कुलपति र शिक्षामन्त्रीले राष्ट्रिय स्वर्ण पदकले उनलाइ सम्मान गरेका हुन् ।

सम्पूर्णानन्द विश्वविद्यालयका करिब एकहजार पाँचसय आङ्गिक क्याम्पसबाटै सर्वोत्कृष्ट भएका पन्थीले भारतमा अध्ययन गरेर नेपालको नाम राख्न सकेकोमा गर्व महसुस भएको बताएका छन् ।

‘मैले भारतमा पढेर उत्कृष्ट नतिजा ल्याएपछि त्यहाँ नेपालको चर्चा भएको छ । विश्वविद्यालयका कुलपतिले पनि नेपालकै प्रशंसा गर्नुभयो’ उनले  अनलाइनसँग कुरा गर्दै भने ‘यसले मलाई थप हौसला प्राप्त भएको छ । अब मैले आचार्यमा पनि प्रथम हुने लक्ष्य बनाएको छु’।

गुल्मीको मदाने गाउँपालिकाको भनभने भन्ने ठाउँमा जन्मेका पंडीत अमृत पन्थीको घरको आर्थिक अवस्था सामान्य हो । कक्षा ६ सम्म गुल्मीमै पढेका उनको परिवारपछि दाङ झरेको हो ।

घोराही १८ मसिना बस्दै आएका उनी दाङको घोराही स्थित पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयमा कक्षा १० सम्म पढेका थिए । १० पास गरेपछि उनले नेपाल संस्कृत विश्व विद्यालय अन्तर्गत जनता संस्कृत माविमा ‘प्लस टु’ पढे । उनले प्लस टु (मध्यमा) मा ज्योतिष पढे ।

जतिबेला उनले जनता क्याम्पस उत्तरमध्यमा द्वितीय वर्षमा पनि क्याम्पस टपेका थिए । त्यसपछि उनले फलित ज्योतिषबाट उच्च शिक्षा गर्ने योजना बनाएको बताउँछन् ।

‘कक्षा १० सम्म त जसोतसो पढियो, मैले आफ्नो पढाई खर्च आफै जुटाउन ट्युसन पढाउने निधो गरेसँगै  कहिले जुम्ला, कहिले जाजरकोट त कहिले सुर्खेत सम्म पनि पुगेँ ।’ उनी बताउँछन  ‘यति मात्रै होइन्, मैले श्रीमदभागवत् र पुराणमा पनि जाने र त्यहाँबाट भएको आम्दानीले पढाई खर्च जुटाएर यो स्थानमा आएँ ।आचार्यमा पनि ‘टप’ हुने लक्ष्य छ।’ अहिले उनले भारतको सोही विश्वविद्यालयमा आचार्य (डिग्री) पढिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार