काठमाण्डौ, ५ पाैष — नेपालकै पुरानो क्याम्पस मध्येको शंकरदेव क्याम्पसले क्याम्पसमा पूर्व प्राध्यापक तथा कर्मचारीहरुलाई संगठित गर्ने संस्थाको गठन गरेको छ । शंकरदेवक्याम्पसमा भएको पूर्व प्राध्यापक तथा कर्मचारीहरुको भेलाले सभापतिमा अच्युत राज भट्टराई लाई निर्विरोध चयन गरेको छ ।
बि सं १९५१ मा नेपाल नेसनल कलेजको नामबाट सुरु भएको क्याम्पस नेपालमा वाणिज्य र व्यवस्थापन शिक्षाको विकास तथा प्रवद्र्धनमा निरन्तर प्रयासरत छ । वि सं १९७३ मा नेसनल कलेज बाट शंकरदेव क्याम्सको नामबाट शैक्षिक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेर B.B.S., M.B.S., B.B.A., B.I.M, B.B.M. तथा M.B.S. जस्ता शैक्षिक कार्यक्रमहरु भईरहेको र हाल क्याम्पसमा प्रत्येक बर्ष बार्षिक बार्ह हजार भन्दा धेरै विद्यार्थीहरु भर्ना हुने गरेको क्याम्पस प्रमुख कृष्ण प्रसाद आचार्यले बताउनुभयो ।