नेपाली कांग्रेसमा डाक्टरको संख्या बढेको बढ्यै, फेरि थपिए तिन पीएचडीधारी

काठमाण्डौ, ५ पाैष —  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा ‘डाक्टर’ हरूको संख्या एक दर्जनको हाराहारीमा छ । कोही चिकित्सक त कोही पीएचडीधारी डाक्टर छन् ।

कांग्रेसमा डा.रामशरण महत, डा.नारायण खड्का, डा.शेखर कोइराला, डा.शशांक कोइराला, डा.मिनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, डा. डिला संग्रौला त केन्द्रीय समितिमै छन् । सर्लाहीका अमरेशकुमार सिंह पनि पीएचडीधारी कांग्रेस नेता हुन् । उनले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् । यसैगरि देउवा पत्नि कांग्रेस नेतृ डा. आरजु राणा देउवा पनि पीएचडीधारी हुन् ।

यसअघि कांग्रेसको सहमहामन्त्री रहेका र पछि राष्ट्रपति बनेका डा. रामवरण यादव एमबीबीएस डाक्टर हुन् । रामवरण, शेखर र शशांक चिकित्सक डाक्टर हुन् । कांग्रेसमा धेरै अध्ययन गर्ने नेताहरूको भीड भए पनि पार्टी राम्रोसँग चल्न नसकेको आरोप लागिरहेका बेला फेरि तिनजना डाक्टर थपिएका छन् ।

उनीहरू हुन् चन्द्र भण्डारी, सुरोज टन्डन र सुरजराज काफ्ले । उनीहरुले बिहीबार भएकाे त्रि‍ वि‍‍ वि काे ४५ औँ दीक्षान्त समाराेहमा  दीक्षित भएका हुन् । भण्डारी कांग्रेस केन्द्रीय सदस्य हुन् भने  टन्डन शंकरदेव क्याम्पसका पुर्व बिद्यार्थी नेता हुन् । सुरजराज काफ्ले त्रिचन्द्र क्याम्पसका पुर्व बिद्यार्थी नेता हुन् ।

काँग्रेसका प्रभावशाली तिन नेताहरुलाई त्रिविको ४५ औँ दीक्षान्त समारोहमा दीक्षित गरिएको छ । ललितपुरस्थित पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा भएको त्रिविको ४५औँ दीक्षान्त समारोहमा उनलाई विद्यावारिधि (पीएचडी)उपाधिबाट दीक्षित गरिएको हो ।

नेता भण्डारीले राष्ट्र र राज्य निर्माण प्रक्रियामा विश्वव्यापीकरणको भूमिका विषयमा विद्यावारिधि गरेका हुन् । त्यसैगरि नेता टन्डनले नेपालको अर्थतन्त्रमा बैंकिंग छेत्रको भूमिका बिषयमा विद्यावारिधि गरेका हुन् भने काफ्लेले समाजशास्त्रमा विद्यावारिधि गरेका  हुन् । त्रिभुवन विश्वविद्यालयबाट भण्डारी र टन्डनले गत वर्ष नै सोध पूरा गरेका थिए भने काफ्लेले यसवर्ष सोध पूरा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार