गोकर्ण रिसोर्ट अगाडी तरुण दलको सांकेतिक बिरोध

काठमाडौं, १३ पौष – गोकर्ण फरेस्ट रिसोर्टको जग्गा यती होल्डिङ्सलाई ६ बर्ष अघि नै नविकरण गरेर सरकारले दिए पछि नयाँ कुराहरु बाहिर आउन थालेका छन्। कागेश्वरी मनहरा नगरपालिकाले उक्त जग्गा आफ्नो नगरपालिका भित्र पर्नु पर्ने माग गरेको छ।

नेपाल तरुण दल कागेश्वरी मनहारा नगरपालिकाले आज गोर्ण फरेस्ट रिसोर्ट अगाडि सांकेतिक बिरोध गरेको छ। तरुण दलका नगर संयोजक प्रेम थापाको संयोजकत्वमा भएको बिरोध कार्यक्रममा उक्त जग्गा साविकको कागेश्वरी मनहरा नगरपालिका भित्र पर्नु पर्नेमा नियोजित रुपमा गोकर्णेश्वर नगरपालिका भित्र पारिएको हुनाले उक्त जग्गा कागेश्वरी मनहरा नगरपालिकालाई फिर्ता दिन पर्ने माग रहेको छ।

त्यसैगरि सरकारले समय अवधि बाँकी छँदै यति होल्डिङ्ससँग गरेको २५ बर्षे करार नितीगत भ्रष्टाचार रहेको भन्दै तरुण दलले बिरोध जनाएको तरुण दलका स्थानीय नेता कविर शर्माले जानकारी दिएका छन्। पुरानो संरचनामा उकत् गोकर्ण जंगल थली गाविस वडा नं ५मा रहेको तर पछि पुनसंरचना गर्दा उक्त जग्गा अर्को तिर सारीएको तरुण दलको आरोप रहेको छ।

सरकारले गरेको नितिगत भ्रष्टाचार बिरुद्ध स्थानीय तरुण दल जुर्मुराएको छ। सांकेतिक बिरोध सुरुवात मात्र रहेको र आगामी दिनमा बिरोधका कार्यक्रमहरु अझै बढाउँदै लैजाने तरुण दलले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार