आज तमुल्होसार, गण्डकी प्रदेशमा सार्वजनिक बिदा – राष्ट्रपतिद्वारा शुभकामना

काठमाडौं, १५ पुष – आज तुमल्होसार गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै यो पर्व मनाउँदैछन् । गुरुङ भाषा अनुसार ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो । अर्थात् यो उनीहरूको नयाँ वर्षका रूपमा मनाइने मौलिक पर्व हो ।

यो पर्व सूर्यको किरणसँग पनि सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ गते यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा तामाङ र शेर्पा समुदायले यो पर्व मनाउने गरेका छन् । गण्डकी प्रदेशमा गुरुङ समुदायको बढी बाहुल्यता रहेका कारण यस पर्वको अवसरमा गण्डकी प्रदेशले मंगलबार सार्वजनिक बिदा दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार