देशभर चिसो बढ्यो, भारी हिमपात र वर्षाको सम्भावना

काठमाडौं, १८ पौष – आज देशभर सामान्य बदली रहि उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । पहाडी तथा तराइका केही स्थानहरुमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“देशभर सामान्य बदली रहि उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराइका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,”महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

यसअघि बिहीबार पनि काठमाडौंसहित पूर्वी र पश्चिमका केही जिल्लामा हल्का वर्षा भएको छ । यसले गर्दा काठमाडौं वरिपरी चिसो थप बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार