छ दिने भ्रमणका लागि गृहमन्त्री चीन प्रस्थान

काठमाडौं, २० पुस – छ दिने भ्रमणका लागि गृहमन्त्री रामबहादुर थापा चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन् । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा आज बिहान थापा त्यसतर्फ प्रस्थान गरेका हुन् ।

 

भ्रमणको क्रममा चीनका थापाले जनसुरक्षा मन्त्री, उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

मन्त्रीको टोलीले चीनको बेइजिङ, साङ्घाई र ल्हासा भ्रमण गर्ने कार्यक्रम रहेको छ । टोलीमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा लगायत सहभागी छन् । गृहमन्त्री थापा पुस २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

गृहमन्त्री थापाको साथमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल जाने भनिएको भएता पनि मन्त्रिपरिषद बैठकले उनको नाम स्वीकृत नगरेपछि प्रहरी महानिरीक्षक खनाल जान पाएनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार