इँटा उद्योगको खाल्टोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

महोत्तरी, २१ पुस – आइतबार साँझ महोत्तरीको एक इँटा उद्योगको खाल्टोमा जमेको पानीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका २ मा रहेको जुडिबेलाको माझीटोलका विक्रम कुशवार माझीको तीन वर्षीय छोरा तितश कुशवर माझी र त्यही ठाउँका अर्जुन कुशवरका दुई वर्षीय छोरा अनिष कुशवर रहेका छन् ।

औरही नगरपालिका ९ इनर्वामा सञ्चालित डीएमडी इँटा उद्योगमा रहेको पानी जमेको खाल्डोमा डुबेर दुई जना बालकको ज्यान गएको हो ।खेल्ने क्रममा पानीमा डुबेर गम्भीर भएका ती बालकको स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय गौशालाले जानकारी दिएको छ ।

बालकहरुको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ । विक्रम र अर्जुन सपरिवार केही महिनादेखि त्यही इँटा उद्योगमा मजदुरको रुपमा कार्यरत थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार