पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई दुई समुहमा चीन फर्काइदै

काठमाडौं, २३ पुस — अवैध रुपमा नेपालमा बसेर चीनविरुद्ध अपराध गरेको भन्दै नियन्त्रणमा लिइएको १ सय २२ जना चिनियाँ नागरिकलाई दुई समूहमा चीन फर्काइने भएको छ ।

अध्यागमन विभागलाई जिम्मा लगाइएकालाई ‘चाइना साउदर्न’ र ‘चाइना वेस्टर्न’ विमानर्फत चीन फर्काइने भएको हो । उनीहरुलाई बुधबार नै चीन डिपोर्ट गरिनेछ । अध्यागमन ऐन उल्लंघन गरेवापत दुई समूहका व्यक्तिलाई बेग्लाबेग्लै कारबाही भएको छ ।

विभागका अनुसार ८८ जनालाई जनही १ हजार रुपैयाँ र ३४ जनालाई २ हजार रुपैयाँका दरले जरिवाना गरिएको छ । सबै जरिवाना चिनियाँ दूतावासले तिरेको बुझिएको छ ।

यस्तै, अध्यागमन ऐनको दफा १० (४) बमोजिम उनीहरुलाई ४ वर्ष नेपाल प्रवेश गर्न निषेध पनि गरिएको छ । नियन्त्रण परेका चिनियाँ नागरिकले पर्यटक भिसाको दुरुपयोग गरेको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार