https://subisu.net.np/

नेपाल बैंकको ६०औं वार्षिक साधारण सभा सम्पन्न, २५ प्रतिशत लाभास बितरण

नेपालको जेठो बैंकको कान्छो ब्यबसाय

काठमाडौं  – नेपालकै पहिलो बैंक १९९४ कार्तिक ३० गते राजा त्रिभुवनले उद्घघाटन गरेको नेपाल बैंक लिमिटेडको ६० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सो अवसरमा संस्थाका अध्यक्ष वासुदेव अधिकारीले संचालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संस्थाले आ.व. २०७५/७६ को वित्तियविवरण अनुसार १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभास दिने बताएका छन् । नेपाल बैंकले २३ बर्ष पछी नेपाल बैंकका सेयरधनिहरुले लाभास पाउन लागेका हुन् ।

१० जना सेयरधनि तथा १२ जना कर्मचारी बाट सुरुभएको बैक आज ७ वटा प्रादेशिक कार्यालय, १७५ शाखा र २५ वटा एक्सटेनसन काउण्टर मार्फत विभिन्न तह/पदमा गरी २३१७ कर्मचारीहरुले सेवा दिदै आएको बैंकले जनाएको छ ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले स्वागत मन्तव्यका क्रममा देशभर  वित्तीय संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु हुँदै संस्थाको विविध पक्षका वारेमा प्रकाश पार्नु भएको थियो ।

सभामा प्रतिवेदनमा टिप्पणी गर्दै शेयरधनीहरुले साधारण सभामा आ-आफ्नो राय, सुझाव पेश गर्ने कंममा बैकमा भएको निष्क्रिय कर्जालाई लक्षित सिमा भित्र राख्न नसक्नु, कर्मचारी खर्च घटाउन नस्क्नु, प्रतिस्पर्धामा खरो उत्रन नसक्नु, सम्पत्ति तथा स्रोतको लक्ष्य अनुसार प्रयोग गर्न नसक्नु, पुरानो बैंक भए पनि आधुनिक सेवा दिन नसक्नु, सन्चालन खर्च अधिक हुनु, युनियन र राजनीतिको दबावमा नपरी अन्य बैक सग प्रतिष्पर्धामा जान सुझाव दिएका थिए ।

साधारण सभामा शेयरधनीहरुले उठाएको जिज्ञासाका सम्बन्धमा संचालक समितिका अध्यक्ष र प्रमुख कार्यकारीले जवाफ दिनु भएको थियो । यस क्रममा अध्यक्ष अधिकारीले नेपाल सरकारको ५१ प्रतिशत लगानी रहेको राष्ट्रिय स्तरको बाणीज्य बैकमा यसले आफ्नो सामाजिक दायित्व निर्वाह गर्दै शेयरधनी एवं ग्राहक सदस्यहरुको हित संरक्षण गर्न र शेयरधनीहरुलाई उचित प्रतिफल दिन योजनावद्ध ढंगले कार्य गरिरहेको बताउनु भयो ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार