श्रद्धाञ्जली सभामा सहभागी भएको भन्दै इरानमा बेलायती राजदूत पक्राउ

तेहरान, २७ पुस – इरानका लागि बेलायती राजदूत तेहरानमा पक्राउ परेका छन् । युक्रेनी विमान दुर्घटनाका पीडितले गरेको श्रद्धाञ्जली सभा तथा प्रदर्शनमा सहभागी भएको भन्दै राजदूत रब मकेयरलाई तीन घण्टा पक्राउ गरिएको सञ्चार माध्यमले जनाएका छन् । बेलायतले भने यस्तो घटनालाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भन्दै आपत्ति जनाएको छ ।

विदेशमन्त्री डोमिनिक राबले विज्ञप्ति निकाल्दै इरानले विना जानकारी र विना कारण आफ्ना राजदूतलाई पक्राउ गरेकोमा विरोध जनाएको हो । ‘तेहरानमा विना कारण हाम्रा राजदूतको पक्राउ गरिनु अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन हो,’ विदेशमन्त्री राबले जनाएका छन् ।

अमेरिकी फौजको आक्रमणमा इरानी कमाण्डर कुसाम सुलेमानी मारिएपछि इरानमा आक्रोश बढेको छ । यससँगै युक्रेनी विमान दुर्घटनामा इरानले ‘भूलवस् खसेको’ प्रतिक्रिया दिएपछि पीडितले कारवाहीको माग गरेका छन् ।

सोही घटनाका मृतकका आफन्त तथा पीडितले तेहरानमा प्रदर्शन गरेका छन् । जहाँ बेलायती राजदूत पनि सहभागी भएको इरानी पक्षले जनाएको छ । साथै प्रदर्शनलाई भड्एकाले पक्राउ गरिएको इरानी अधिकारीहरुले जनाएका छन् । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार