भाटभटेनी लगायत आधा दर्जन कम्पनीले नक्कली भ्याट बिल प्रयोग गरेको सर्वोच्चकाे ठहर

काठमाडौं, २८ पुस – सर्वोच्च अदालतले भाटभटेनी लगायतका आधा दर्जन कम्पनीहरुले नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छलेको ठहर गर्दै राजस्व न्यायाधीकरणबाट भएको फैसला सदर गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले विभिन्न कम्पनीहरुले नक्कली भ्याट बिल प्रयोग नगरेको भन्ने दाबीलाई अस्विकार गर्दै न्यायाधीकरणको फैसला सदर गरेको हो ।

नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छल्नेमा भाटभटेनी डिपार्टमेन्टस्टोर, एआईटी प्रालि, अरुण इन्टरकन्टिनेन्टल र शंकर अक्सिजन ग्यासलगायतका आधा दर्जन कम्पनीहरु रहेकाछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार