वर्षा र हिमपातले देशभर चिसो बढ्यो, भोलिसम्मै पानी पर्ने

काठमाडौं, ३ माघ पश्चिमी न्यून चापीय प्रणालीका कारण बिहिवार रातिदेखि नै काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिनभरि देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा रातभर वर्षा भएको छ । बिहानसम्म वर्षा जारी नै छ । आज पनि देशका अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान प्रकाशन गरेको बुलेटिनमा पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले अरू २४ घण्टा वर्षा तथा हिमपात नरोकिने अनुमान गरेको छ । देशका अधिकांश स्थानहरु वर्षा र हिमपात हुने रहेकाले सतर्कता अपनाउन तथा चिसोबाट बच्न महाशाखाले सबै सर्वसाधारण लाई अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार